२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

चलचित्र बिकाश बोर्डकाे अध्यक्षमा निकिता

चलचित्र बिकाश बोर्डकाे अध्यक्षमा निकिता

चलचित्रकर्मी निकिता पौडेल ‘चलचित्र बिकाश बोर्ड’को अध्यक्षमा नियुक्त भएकी छन् । मन्त्रीपरिषद्को सोमबार बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनएफडीसीकी प्रमुख समेत रहेकी निकिताको नाम केही समय अगाडि देखि बोर्ड अध्यक्ष पदका लागि चर्चामा थियो । गत जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।

पर्व चलचित्रको निर्माता समेत रहेकी निकिता गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् । उद्धब पौडेल राप्रपाका नेता हुन् । निकिता गोपिकृष्ण टिभीसँग पनि आवद्ध छिन् ।

बोर्ड अध्यक्ष भएपछि निकिताले चलचित्रको श्रीबृतीमा आफ्नो कदम रहने बताइन् ।

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • २५ मंसिर २०७४, सोमबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • २५ मंसिर २०७४, सोमबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • २५ मंसिर २०७४, सोमबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP