सामाजिक सञ्जाल फेसबुकमा कुराकानी हुँदै गहिरो प्रेम पश्चात नायिका रीमा विश्वकर्माले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्मासँग विवाह बन्धनमा बाँधिइन् ।
रोबर्ट यूकेमा बसोबास गर्ने भएका कारण रीमा पनि विवाह पश्चात प्रायः श्रीमानलाई भेट गर्न पुगिरहेकी हुन्थिन् । केही वर्षको सुमधुर सम्बन्धपछि अन्ततः यो जोडीको डिभोर्स भएको छ । तर, यसविषयमा कुनै पनि औपचारिक जानकारी भने प्राप्त भएको छैन । रीमासँग डिभोर्स गरेपछि मोरङकी वर्षा रसाइलीसँग रोबर्टले इन्गेजमेन्ट गरेका छन्, जुन तश्वीर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भएको छ ।
बैबाहिक जीवनमा बाँधिएपछि फेसबुक र इन्स्टाग्राममा रीमाले श्रीमानसँगका तश्वीर दैनिकजसो नै अपलोड गर्ने गर्थिन् तर पछिल्लो केही महिनायता उनको फेसबुक होस् वा इन्स्टा काहिं पनि रोबर्टसँगका तश्वीर भेटिन्नन् । बरु उनले विवाहका तश्वीरहरु समेत फेसबुक र इन्स्टाग्रामबाट डिलिट गरिसकेकी छिन् ।
रीमा म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको ‘नेपाल आइडल’मा व्यस्त भएपछि उनको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको स्रोत बताउँछ । खबरअनुसार, यी दुईले आपसी सहमतीमै केही हप्ता अगाडि डिभोर्स गरिसकेका छन् ।
रोबर्टले रीमासँग डिभोर्स लगत्तै बर्षासँग इन्गेज्मेन्ट गरेका हुन् । बर्षा र रोबर्टको विवाहको मिति भने बाहिर आएको छैन । बर्षासँग टिकाटालो लगत्तै रोबर्ट यूके उडिसकेका छन् । यो बिषयमा वुझ्न खोज्दा रीमाको फोन उठेन ।
विवाहको केही दिनपछि रीमा र रोबर्टले हनिमुनको खर्च (१ लाख) चलचित्रकर्मी कल्याण कोषमा जम्मा गरेका थिए । रोबर्टले विवाहको समयमा आफू रीमाको अभिनयको फ्यान बताउँदै उनको अभिनय यात्रामा सधै साथ दिने बताएका थिए ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...