१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले १ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाउने अफर सार्वजनिक गरेको हो । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिकट दर्शकहरूले इसेवाबाट १ रुपैयाँमा नै काट्न सक्नेछन् । डिजिटल वालेट र नेपाली फिल्मप्रति आममानिसलाई आकर्षित गर्न इसेवा र ‘माइकल अधिकारी’को निर्माण टिमले यो योजना अगाडि सारेको हो ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरू आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवादमा तयार भएको चलचित्रको कथा लेखन र निर्देशन रञ्जित रौनियारको हो ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन र राजुविक्रम थापाको छायांकन छ । पूर्वको झापा र ईलाममा खिचिएको चलचित्रलाई नेपालको ठूलो प्रोडक्सन हाउस गोपीकृष्ण मुभिज प्रालिले निर्माण गरेको हो ।

यस्तै चलचित्र ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्ण मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । शुक्रबार रिलिज हुने चलचित्रको प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी रहनु भएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गीतकार तथा चिकित्सक भोला रिजाल, गायक आनन्द कार्कीलगायत प्रिमियरमा सहभागी भए । फिल्मका कलाकारहरू सौगात मल्ल, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधरदेखि निर्माता नीरक पौडेल प्रिमियरमा उपस्थित हुनुहुन्थ्यो । शुक्रबार यो चलचित्रले अन्य दुई नेपाली फिल्म ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’सँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
Source: ehimalayatimes

Related News

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २ भाद्र २०७९, बिहीबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • २ भाद्र २०७९, बिहीबार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
  • २ भाद्र २०७९, बिहीबार

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...

TOP