आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ ।
गत ६ जेठमा रिलिज गर्ने भनिएको चलचित्र स्थानीय निर्वाचनका कारण ३१ असारका लागि सारिएको थियो । निर्माता अद्वितीय प्रधानका अनुसार चलचित्रमा अग्रिम बुकिङ राम्रो देखिएको छ ।
दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्म्सले वितरण गर्दै छ । निमेष प्रधानले गरेको निर्देशन फिल्म रेविका प्रधानले निर्माण गरेकी हुन् ।
आकाश र पूजासँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको अभिनय रहेको चलचित्रको कथा, पटकथा निर्देशक निमेषकै हो । संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।
शिव ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ सम्पादन छ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...