१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

सुपा र सुधिर अभिनित ‘ठेकीको मदानी’ सार्वजनिक ( भिडियो )

सुपा र सुधिर अभिनित ‘ठेकीको  मदानी’ सार्वजनिक  ( भिडियो )

काठमाडौं – गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको ‘ठेकीमा मदानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।  

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सुधिर श्रेष्ठ र सुपा खनाल बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।  भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्।  भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ।  

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो। ‘क्ल्यासिक फ्रेम मुभिज’को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • ३ असार २०७९, शुक्रबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • ३ असार २०७९, शुक्रबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • ३ असार २०७९, शुक्रबार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP