२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

‘हनी बनी’को नायिकामा जसिता

‘हनी बनी’को नायिकामा जसिता

 अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा सिल्पाली हटेपछि उनको ठाउँमा अर्की नायिका जसिता गुरुङलाई अनुबन्धित गरिएको छ । यस्तै, यो चलचित्रबाट अनमोल केसी गत साता बाहिरिएपछि यसमा भारतीय मोडल अभिमन्यु तोमर अनुबन्धित भएका छन् ।

यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । चलचित्रको छायांकन गत साताबाटै बेलायतबाट सुरु गरिने भएको थियो । तर, बेलायत जानका लागि अभिनेत्री सारा सिल्पालीको भिसा लागेन । उनी छायांकनमा जान नसक्ने भएपछि निर्माण पक्षले उनको ठाउँमा अन्य नायिकालाई लिने जानकारी गरायो । सोही क्रममा अभिनेता अनमोलले पनि चलचित्रलाई आफूले न्याय दिन नसक्ने भन्दै फिल्म छाडे ।

७० लाख पारिश्रमिकमा अनुबन्धित भएका अनमोलले यो फिल्म छाडेपछि यतिबेला फिल्मको नायकमा भारतीय मोडल अभिमन्यु तोमरलाई अनुबन्धित गरिएको छ । अभिनेत्री जसिता गुरुङ भने यो चलचित्रका लागि गत साता नै चयन भएकी हुन् ।

‘याद पिया के आने लगी’ हिन्दी गीतमा मोडलिङ गरेर चर्चा बटुलेका अभिमन्युले थुप्रै हिन्दी गीतको भिडियोमा अभिनय गरेका छन् । बलिउड फिल्मका लागि तयारी गरिरहेका अभिमन्यु दिल्ली निवासी हुन् । भारतमा मात्र नभएर नेपाली युवा पुस्तामा पनि उनको राम्रो क्रेज भएका कारण यो फिल्ममा नायकका रूपमा अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ । अब यो फिल्मको मुख्य भूमिका अभिमन्यु र जसिता हुनेछन् । यसका अर्का नायकमा यसअघि नै सलोन बस्नेत अनुबन्धित भइसकेका छन् । फिल्मको लागत ७ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

यो चलचित्रको अब चाँडै नै बेलायतबाट छायांकन सुरु गरिने भएको छ । फिल्मलाई अमित बस्नेत, अजित केआर थापा, अंकित गौतम र परि रानाले निर्माण गर्दै छन् । यही टिमले यस अघि फिल्म पासवर्ड र सम्हालिन्छ कहिले मन निर्माण गरिसकेको छ । फिल्मलाई एबी इन्टरनेसल, गौतम प्रोडक्सन र भ्वाइस फिल्मको संयुक्त ब्यानरमा निर्माण गरिने भएको छ ।Source

Related News

अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
  • १ जेष्ठ २०७९, आईतवार

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी
  • १ जेष्ठ २०७९, आईतवार

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको...

को हुन् मिस नेपाल प्रियंका रानी जोशी
को हुन् मिस नेपाल प्रियंका रानी जोशी
  • १ जेष्ठ २०७९, आईतवार

मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको...

TOP