स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ ।
निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो । निर्माता आदित्य प्रधानका अनुसार चुनावको छेकोमा फिल्म ओझेलमा पर्न सक्ने कारणले प्रदर्शन स्थगित गरिएको हो ।
यसअघि फिल्मले प्रचारप्रसारलाई तीव्र बनाएको थियो । फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता प्रधानले अनलाइनखबरलाई जानकारी दिए । अभिनेत्री पूजाले पनि सामाजिक सञ्जालमार्फत फिल्म स्थगनबारे जानकारी दिएकी छन् ।
मुलुक यतिबेला आगामी शुक्रबार हुने स्थानीय निकायको चुनावमा होमिएको छ । फिल्म हलहरु पनि बिहीबार आंशिक बन्द र शुक्रबार पूर्ण रुपमा बन्द हुने तयारीमा छन् ।Source
हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...
नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको...
मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको...