२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका

 बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने गरेका छन् । बलिउड स्टार कलाकार रणवीर सिंह, दीपिका पादुकोणदेखि कट्रिना कैफल बिक्की कौशलले आफ्नो विलासी घरका लागि भाडामा मोटो रकम तिर्ने गरेका छन् ।

अभिनेत्री कट्रिना कैफ र उनका पति तथा अभिनेता विक्की कौशलले पनि भाडाकै घरमा बस्ने गरेका छन् । उनीहरूले आफ्नो घरको मासिक ८ लाख भारतीय रुपैयाँ भाडा तिर्ने गरेका छन् । यस्तै अर्का अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण पनि भाडाको आलिशान बंगलामा बस्छन् । उनीहरूले सो आलिशान बंगलाका लागि प्रतिमहिना करिब ७ लाख २५ हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् ।

अर्का अभिनेता आयुष्मान खुराना पनि महँगो घर भाडा तिर्ने अभिनेता हुन् । उनी र ताहिरा कश्यपसँगै बस्ने घरको भाडाप्रति महिना ५ लाख २५ हजार रुपैयाँ रहेको छ । अभिनेता ऋतिक रोशनले आफ्नो आलिशान घरका लागि प्रतिमहिना करिब ८ दशमलव २५ लाख रुपैयाँ तिर्छन् ।

धकधक गर्ल माधुरी दीक्षितले आफ्नो घरका लागि मासिक १२ दशमलव ५ लाख तिर्छिन् । अभिनेत्री कृति सेनन महिनाको १० लाख भाडाको अपार्टमेन्टमा बस्छिन् । श्रीलंकाकी सुन्दरी ज्याकलिन ६ दलशमलव ७८ लाख रुपैयाँको महँगो घरमा बस्छिन् ।Source

Related News

अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
  • २८ बैशाख २०७९, बुधबार

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी
  • २८ बैशाख २०७९, बुधबार

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको...

को हुन् मिस नेपाल प्रियंका रानी जोशी
को हुन् मिस नेपाल प्रियंका रानी जोशी
  • २८ बैशाख २०७९, बुधबार

मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको...

TOP