अभिनेत्री कैटरिना कैफले विवाहको तयारीका कारण यस अघि फिल्म टाईगर ३ को छायाँकनको लागि समय दिन सकेकी थिईनन् । दुई महिना अघि विवाह गरेकी अभिनेत्री कैटरिना अब १४ फेब्रुअरीबाट फिल्मको छायाँकनमा फर्कने बताएकी छिन् ।
यो फिल्मको केही दिनको मात्र छायाँकन बाँकी छ । फिल्ममा सलमान एकल छायाँकन सबै सकिएको छ । अब कैटरिना कैफसँग युगल दृष्यको छायाँकनमात्र बाँकी रहेको सलमानले बताएका छन् । फिल्मको बाँकी छायाँकन दिल्ली लगायतका शहरमा गरिने भएको छ ।
अभिनेत्री कैटरिनाले आफु अब टाईटर ३ को छायाँकन चाँडो भन्दा चाँडो सक्ने पक्षमा रहेको बताएकी छिन् । बिगतमा विवाहको कारण आफुले समय दिन नसकेको र अब निर्माण पक्षले मागेको समयमै छायाँकन सक्ने तयारीमा आफु रहेको पनि यी अभिनेत्रीको कथन छ ।
आउँदो इदमा प्रदर्शनी गरिने भनिएको यो फिल्म कोरोना संक्रमण भारतमा बढेका कारण त्यो मितिमा अब नआउने भएको छ । भारतमा कोरोनाको कहर अझै जारी छ । यो फिल्मको छायाँकन अन्तिम चरणमा भईरहँदा कोरोना बढेपछि छायाँकन रोकिएको हो । फिल्मको छायाँकन अझै नसकिएकाले पूर्व घोषित समयमा अब टाईगर ३ रिलिज नहुने सलमानले बताएका छन् ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...