१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्।

‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शककाे मन जित्न सफल भइन्।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जजसामेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी छिन् । ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन्। मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन्।

सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन्। ७७-७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन्।

ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ। अहिले काममा व्यस्त राखिरहेकी छु।’तपाइको प्रतिक्रिया

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • २५ पुष २०७८, आईतवार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २५ पुष २०७८, आईतवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • २५ पुष २०७८, आईतवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP