करिब एक दशकदेखि अमेरिका बस्दै आएका नायक राजबल्लभ कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । उनले अमेरिकामै बस्दै आएकी झापाकी प्रतिमा विमलीसँग आइतबा विवाह गरेका हुन् ।
हिन्दु धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डमा उनको विवाह सम्पन्न भएको थियो । डिसी महानगरस्थित मन्दिरका पण्डित मोतीलाल शर्माले राजबल्लभ र प्रतिमाको विवाह गराएका हुन् । वैवाहिक कार्यक्रममा अमेरिकामा बस्दै आएका विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली, राजबल्लभ र प्रतिमाका आफन्त उपस्थित थिए ।
राजबल्लभ र प्रतिमाबीच केही महिनाअघि इन्गेजमेन्ट सम्पन्न भएको थियो । प्रतिमा जीव चिकित्सक हुन् । हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेल्न अमेरिका गएका राजबल्लभ त्यसयता नेपाल फर्केका छैनन् ।
उनी अमेरिकामै बसेर फिल्मी क्षेत्रमा क्रियाशील छन् । उनी ‘पर्खिंबसें’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका थिए । अहिलेसम्म उनले दुई दर्जन बढी नेपाली चलचित्र अभिनय गरिसकेका छन् ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...