विवाहित महिलाबीच हुने वाईवाई मिसेस नेपाल वर्ल्ड प्रतिस्पर्धा आउँदो शनिबार हुँदै छ ।
सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सञ्चालन गरिने विवाहित महिलाको सौन्दर्य प्रतियोगिताबाट वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ चुनिनेछ ।
रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभर्टाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेताको पनि घोषणा गरिनेछ ।
यसबाहेक मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप, मिसेस नेपाल वल्र्ड सेकेन्ड रनर्सअप, मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप, बेस्ट स्माइल, बेस्ट हेयर, बेस्ट र्याम्पवाक, लेडी विथ कम्प्यासन, मस्ट इन्टेलिजेन्ट, मस्ट डिसिप्लेन्ड, कन्जिनियालिटी, मस्ट फोटोजेनिक, बेस्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्यूअर्स च्वाइस, मस्ट ब्युटिफल, मस्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मस्ट कन्फिडेन्ट, मस्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उप–उपाधिमा समेत विजेता घोषणा गरिनेछ ।
अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा तीन दशकदेखि जीवन्त अभिनय र नृत्यकलाबाट ख्याति कमाएकी अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिनेछ ।
यसअघि मिसेस नेपालको मञ्चमा रिबन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो ।
नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने वाईवाई मिसेस नेपाल वर्ल्डमा विभिन्न पेसामा आबद्ध २४ पेसाकर्मी तथा गृहिणीले अन्तिम स्पर्धा गर्दै छन् ।
स्पर्धामा सहभागीलाई नेपाल टेलिभिजनकी डिजीएम आरती चटौत, अभिनेत्री गौरी मल्ल, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमाल, अभिनेता तथा अधिवक्ता कृष्ण ढुंगाना, व्यवसायी तथा व्यक्तित्व विकास प्रशिक्षक अनुप के बराललगायत विभिन्न क्षेत्रका विज्ञबाट करिब १ महिने प्रशिक्षण दिइएको थियो ।
रेइवी वज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, विनिता कुइँकेलले स्पर्धा गर्दै छन् ।
आयोजकका अनुसार अन्य स्पर्धीमा सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की, माला सुनार र उषा रजकले वाईवाई मिसेस नेपाल वल्र्डमा अन्तिम स्पर्धा गर्दै छन् ।
आयोजकले रिबन इंटरटेनमेन्टले यो वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै वाईवाई मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालबाट प्रतिनिधित्व गराइने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए ।
यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने झाले बताए ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...