१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा

विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा

बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ ।

अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन् ।

‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन् । ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् ।

हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् । मलाइकाले आफू र अर्जुनको सम्बन्धका ’boutमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् । सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए ।एजेन्सी

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • ६ पुष २०७८, मंगलवार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • ६ पुष २०७८, मंगलवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • ६ पुष २०७८, मंगलवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP