चलचित्र ‘म’ को पुन निर्माण सुरु भएको छ । यस अघि केही प्रतिसत छायाँकन भएको चलचित्र म कोरोना महामारीका कारण रोकिएको थियो । यो फिल्म त्यसपछि निर्माण हुन सकेन् । यतीबेला फेरी सम्पूर्ण कलाकार परिवर्तन गरेर यसको निर्माण थालिएको छ ।
कन्तिपुर फिल्म एकेडेमीले चलचित्र ‘म’ को निर्माण थालेको हो । यो चलचित्रको सोमबार काठमाडौंमा शुभ साइतसँगै पुन निर्माणको घोषणा गरिएको छ । यसको छायाँकन अब ११ पुषबाट सुरु हुने भएको छ ।
यो चलचित्रलाई सुर्वण थापाले निर्देशन गर्दैछन् । जसमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । यही चलचित्रबाट आधा दशकपछि अभिनेत्री निशा अधिकारी अभिनयमा फर्कँदै छिन् ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले यो चलचित्र लेखेका हुन् । जसमा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन रहने छ । पदम पुरी र विमला हुँमागाइँले यसलाई निर्माण गर्दैछन् ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...