२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन् । पुसको पहिलो साता देखि चैत सम्म रिलिजका लागि ६ वटा नेपाली चलचित्रले गत साता मिति तोकिसकेका छन् ।

यसै क्रममा बिहिबार अरु दुई वटा नेपाली चलचित्रले पनि आफ्नो प्रदर्शनीको मिति तोकेका छन् । चलचित्र कठपुतली र चलचित्र प्रेमगीत ३ ले आफ्नो प्रदर्शनी मिति तय गरेका हुन् ।

अभिनेता प्रदीप खड्का अभिनित प्रेमगीत ३ आगामी १३ फागुनबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्म २०७६ चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको थियो । तर कोरोना सँक्रमणका कारण त्यतिबेला यो चलचित्र रिलिज हुन सकेन । प्रदर्शन रोकिएको दुई वर्ष पछि बल्ल यो चलचित्रका निर्माताले यतीबेला रिलिजको मिति फेरी तय गरेका हुन् ।

अझै कोरोनाको त्रास यथावतै रहे पनि चुनौती मोलेर आफुले यो चलचित्र रिलिज गर्न लागेको यसका निर्माता निर्देशक सन्तोष सेनले बताएका छन् । यो चलचित्र हिन्दी र नेपाली दुई भाषामा बनेको छ । हिन्दीमा बनेको प्रेमगीत ३ भने नेपालमा प्रदर्शन भएको केही समयपछि मात्र भारतमा रिलिज गर्ने पनि सेनले बताएका छन् । यो फिल्मलाई भारत रिलिजकोलागि ४ करोडमा बिक्री गरिएको हो । भारतमा रिलिजको ’bout छलफल गर्न निर्देशक सेन अहिले मुम्बईमा छन् ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैछिन् । स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यो चलचित्रमा राजेश श्रेष्ठको छायाँकन रहेको छ ।

यस्तै चलचित्र कठपुलतीको रिलिज मिति १५ पुषलाई तोकिएको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर यो चलचित्र रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । विभिन्न अन्तराष्ट्रिय अवार्ड जित्न सफल यो चलचित्र नयाँ वर्षसँगै तमु ल्होसारको अबसर पारेर सार्वजनिक गर्न लागिएको यसका निर्देशक भिमसेन लामाले बताएका छन् ।

यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको मुख्य भूमिका रहेको छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको यो फिल्मलाई जोएल फ्रुमले खिचेका हुन् ।Source

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • १० मंसिर २०७८, शुक्रबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • १० मंसिर २०७८, शुक्रबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक
बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक
  • १० मंसिर २०७८, शुक्रबार

बलिउड अभिनेता शाहिद कपुरको आगामी फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर रिलिज भएपछि शाहिदले अन्तर्वार्ताका...

TOP