२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ, लिरिकल भिडियो सहित, आउ प्रिय

गायक द्रोण पराजुलीको विकासबादी संगीतको नयाँधार यस्तो छ,    लिरिकल भिडियो सहित, आउ प्रिय

सूचना प्रविधिको विकासमा करिव एक दशकदेखि सक्रिय सामाजिक अभियानता द्रोण पराजुलीले विकासबादी साहित्य प्रतिस्ठान मार्फत् विकासबादी संगीतको स्वाद ध्येय बोकेको लिरिकल गीत युट्युव मार्फत सार्वजनिक गरेका छन् । ४ मिनेट २२ सेकेन्ड लामो गीतले प्रेम, परिवार, विश्वास र आपसी साथले मात्र बल्ल देशविकासको महान् लक्ष्य पूरा गर्न सकिने परिकल्पना गरेको छ । आफ्नो डिग्रिको अनुसन्धानले जन्माएको विचार र त्यसको सिद्धान्तबाट जन्मिएको यो नयाँ धारले हालसम्मको धोका, भ्रष्टाचार, अविकासलाई संसोधन गरी एकता, सहकार्यले विकासको यात्रा पुरा गर्न सक्छ जहाँ प्रेम र उर्जाले युगल जोडीहरु निर्माण र विकासमा जुटे भने जिवन,परिवार, समाज र समग्र देशको समृद्धि र विकास सम्भव रहने कुरामा विश्वास राख्दै शब्द, संगीत र गायनको प्रस्तुति दिएका छन् गायक द्रोण पराजुलीले । निराशामा आशा, धोकाको बदला प्रेम, गरिबीको साटो समृद्धि, बेरोजगारीको साटो रोजगारी र उद्योगी बनाउन र सम्पन्नता तिर देशलाई नेतृत्व प्रदान गर्न अव साहित्य, गीत संगीत पहिलो केन्द्रविन्दु हुनुपर्छ भन्ने उद्धेश्यका साथ स्थापना भएको विकासबादी साहित्य प्रतिस्ठानले एउटा सामाजिक अभियानकै रुपमा अव यस धारको गीत संगीत र साहित्य निरन्तर प्रस्तुत गर्दै जाने जानकारी दिइयो । यस गीतको शब्द र लिरिकल भिडियो हेर्न तथा सुन्न तलको भिडियो लिंकमा जानुहोस् ।


आउ प्रिय अव संगै देश बनाउन
विकास र समृद्धिको जोश खन्याउन

तिम्रो मेरो माया मिले नव निर्माण हुन्छ
गाउँ, बस्ती शहरको मनमुटु छुन्छ
उद्योग र रोजगारीले देश झुलाउनुछ
सवै अट्ने माला बुनी राष्ट्र फुलाउनुछ

जात बाद भूगोलको सीमा नागेर
नेपाली हौँ बन्छ नेपाल उठौँ जागेर
आउ अव संग संगै अभियान थालौँ
समृद्धयो नेपालको आशा दीप बालौँ

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • २० माघ २०७५, आईतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • २० माघ २०७५, आईतवार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • २० माघ २०७५, आईतवार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP