भारतको सबैभन्दा महँगो एवं बहुप्रतिक्षित फिल्म ‘२.०’ प्रदर्शनमा आएको छ । लामो समयदेखि फिल्मको रिलिज डेट सरिरहेको थियो । फिल्मको पोस्ट प्रोडक्सनको काम निकै लामो समयसम्म चलेको थियो ।
यो फिल्म रोबोटको सिक्वेल हो । यसपटक रजनीकान्तको अगाडि अक्षय कुमार भिलेन बनेका छन् । यो फिल्म पाँच सय ४३ करोड भरुमा तयार भएको हो जुन भारतको अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो ।
रिलिज अघि नै विभिन्न अधिकार बेचेर फिल्मले लगभग तीन सय ७० करोड भारु कमाई गरिसकेको छ । यसकारण फिल्म बक्स अफिसमा सुरक्षित छ । प्रश्न थिएट्रिकल बिजनेसको छ । के रजनीकान्तको स्टारडम अनुरुप फिल्मले व्यवसाय गर्न सक्छ ? के बाहुबली टु भन्दा सफल हुनसक्छ ? यी प्रश्नको जवाफ फिल्मका लागि महत्वपूर्ण छन् ।
फिल्मले दक्षिण भारतमा दमदार ओपनिङ गरेको छ । रजनीकान्तका अन्य फिल्म झैं यो फिल्मले पनि त्यति नै उत्साह पाएको छ । बिहानैदेखि शो सुरु भएका छन् र रजनीकान्तका प्रशंसकबीच त्यही क्रेज छ । सिंगल स्क्रिन र मल्टिप्लेक्स दुबैमा फिल्मले उत्कृष्ट ओपनिङ पाएको छ ।
प्रश्न रह्यो उत्तर भारतको जहाँ दक्षिणको तुलनामा रजनीकान्तको लोकप्रियता अलि फितलो छ । त्यहाँ पनि फिल्मले राम्रो ओपनिङ पाएको छ । फिल्म लामो समयदेखि चर्चामा छ । अक्षय कुमारको फिल्ममा उपस्थिती र रजनीकान्तको फेमका कारण फिल्मको अत्यधिक चर्चा पाएको हो ।
उत्तर भारतमा मल्टिप्लेक्समा र केही विशेष शहरमा फिल्मको ओपनिङ राम्रो छ भने केही स्थानमा औसत छ । थ्री डी भर्सनलाई मानिसहरुले प्राथमिकता दिइरहेका छन् र एड्भान्स बुकिङ राम्रो भइरहेको छ । विशेषगरी बेलुका र रातीको शोमा एड्भान्स बुकिङ राम्रो छ जसका आधारमा भन्न सकिन्छ कि फिल्मको पहिलो दिनको कमाई शानदार रहनेछ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...