अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छन् । उनी सोमबार एक कार्यक्रमको आयोजनासहित घोषणा गरिएको चलचित्र ‘बुलबुल’मा ट्याम्पु चलक बन्न लागेकी हुन् ।
ग्ल्यामर गर्लको भूमिकामा सँधै देखिदै आएकी खड्का ‘बुलबुल’मा नन ग्ल्यामर गर्लको रुपमा प्रस्तुत हुने कार्यक्रममा जानकारी दिइयो । टेम्पो चालकको बाहिरी र भित्री दुवै यात्राको कथा रहने चलचित्र विनोद पौडलेले निर्देशन गर्न लागेका हुन् । अस्कर कलेजका प्रिन्सिपल समेत रहेका पौडेलले यसअघि ‘साँघुरो’ चलचित्रको कथा तथा पटकथा लेखेका थिए ।
घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले चलचित्रले एकखाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए । ‘घोषणा कार्यक्रममा चलचित्रको बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । कामलेनै बोलोस् भन्ने लाग्छ । हामीले समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘चलचित्र के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनुहुनेछ । अरु केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ ।’
चलचित्रको मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकको बताइन् । उनले चलचित्र आफ्ना लागि विशेष रहेको भन्दै निकै मिहिनेत गरिरहेको सुनाइन् । ‘यो चलचित्रमा मलाई हेर्न भनेर पनि कोही आउनुहोला । तर यो चलचित्रमा म स्टारको रुपमा नभई कलाकार हुँ’ उनले थपिन् ‘अनि निर्माताले मलाई स्टार भएर चलचित्र चल्छ भनेर लिएको पनि होइन । स्टारनै लिन खोज्नु भएको भए बजारमा म भन्दा धेरै चलेका कलाकार हुनुहुन्छ ।’
निर्माता मध्येका एक अबिरल थापाले नेपाली चलचित्रको दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरूमध्ये चलचित्रले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए । साउनको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।
कोेशिश क्षेत्री र उदगम परियारको संगीत रहने चलचित्रका गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...