नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शिल्पी थिएटरमा ज्योतिरिश्वर रंग उत्सव–२०७५ सम्पन्न भएको छ। उत्सवमा नेपाल र भारतका गरी ६ नाटक मञ्चन गरिएका छन्।
उत्सवको उद्घाटन संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले गरे। उनले कार्यक्रममा तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने योजना तत्काल नरहेको जानकारी गराए। मन्त्री अधिकारीले आफू नाटकप्रेमी भएको र नेपालमा नाटकसम्बन्धी काम अझै कम भएको बताए। नेपाल र भारत दुई देश सहभागी यो नाटक उत्सवले युवा पुस्तामा पनि नाटकप्रति आकर्षण जगाउने उनका भनाइ छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले नेपाल र भारतको अन्तर सीमा संस्कृति विस्तारका लागि यो नाटक उत्सव आयोजना गरिएको बताए।
तीन दिनसम्म चल्ने यो नाटक उत्सवका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेश रञ्जन झाले १३०५ सालमै सिमरौनगढका नाटककार ज्योतिरिश्वर ठाकुरले लेखेको नाटकको पाण्डुलिपि अहिले पनि सुरक्षित भएको बताए। त्यही नाटक उत्सवमा मञ्चन गरिने भएकाले उत्सवको नाम ज्योतिरिश्वर उत्सव राखिएको बताए।
उत्सवको पहिलो दिन शुक्रबार दुई नाटक मञ्चन गरिए। उत्सवको उद्घाटन सत्रमा सांस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक ‘भृ’ मञ्चन गरियो। नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजासँग विवाह गरेपछि उनी नेपाल नफर्किएको र हराएको भन्ने कथनमा यो नाटक केन्द्रित थियो। त्यतिबेलाका कालखण्डलाई झल्काउने यो नाटकको निर्देशन वीरेन्द्र हमालले गरेका हुन्।
शुक्रबार नै नाटक धूर्तसमागम मञ्चन गरियो। सात सय वर्ष पुरानो यो नाटकलाई मैथिली भाषामा मेरो रंग रेपर्टरी (मैथिली लोक रंग) दिल्लीले मञ्चन ग¥यो। नेपालको सिमरौनगढका राजा हरिसिंहदेवका दरबारका रत्न मानिने ज्योतिरिश्वर ठाकुरले यो नाटक १३०५ सालमा लेखेका थिए। यही नाटकलाई डा. प्रकाश झाले अहिलेको समसामयिक मैथिलीमा ढालेर आफ्नै निर्देशनमा यो उत्सवमा मञ्चन गरेका हुन्।
यो उत्सवमा शनिबार दिउँसो राम केसी निर्देशित अश्वेत मञ्चन भयो। सद्भाव थिएटरद्वारा मञ्चित यो नाटकमा नारी र पुरुषको समस्यले निम्त्याउने घटना उठाइएको छ। यो नाटकमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बाँस्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दिलीप खड्का, विज्ञान गजुरेल, किरण चापागाईं, तिर्सना राईको अभिनय थियो। नाटकलाई रामले नै लेखेका हुन्।
शनिबार अपरान्ह श्यामकुमार सहनी निर्देशित भारतीय नाटक संवदिया मञ्चन गरियो। यस्तै, आइतबार पत्रकार फूलमान बलको नाटक सोनाम ग्याल्मो र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक भिखारीनामा मञ्चन गरिएको छ।
Annapurnapost
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...