एपीवान टेलिभिजनको चर्चित रियालिटी शो नेपाल आइडलको पहिलो सिजनका रनरअप निशान भट्टराईले ‘भुन्टी’ नामक लोकपप गीत र म्यूजिक भिडियो लिएर आएका छन् ।
सार्वजनिक भएको एक दिनमै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको यो गीतको म्युजिक भिडियोमा निशानले भुन्टेको भूमिका निभाएका छन् ।
निशानलाई भुन्टीको भूमिकामा चर्चित नायिका तथा मोडल एलिशा राई रहेकी छन् । लोकपप शैलीमा ल्याइएको यस गीतमा मिस्टर आरजेको सङ्गीत र निशानको स्वर रहेको छ । गीतको म्युजिक भिडियलाई निशान र एलिसाको नृत्यले उत्कृष्ट बनाउन सघाएको छ ।
यो गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले सिर्जना गरेका हुन् । यो गीतमा सङ्गीत पनि उनी राजेन्द्रकै छ। यो भिडियोलाई २ दिनमै १० लाख भन्दा धेरैले हेरिसकेका छन् ।
निशानको यो म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन्। रामकुमार केसीको छायाङ्कन रहेको यो भिडियो मनोज बस्नेतले निर्माण गरेका हुन् ।
अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा...
स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ । निमेष...
बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने...