१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

२१औं शताब्दीका महान १० फिल्म

२१औं शताब्दीका महान १० फिल्म

२१औं शताब्दी विज्ञान र प्रविधिको युग हो। सिलिकन चिप्सबाट बनाइएका सेमी कन्डक्टरसँगै सुरु भएको आधुनिक सञ्चार प्रविधिीले २१औं शताब्दीसँगै छलाङ मार्‍यो। त्यसको प्रभाव सिनेमा जगत्मा नपर्ने कुरै भएन। एनिमेसन, लार्जर देन रियालिटी र अपत्यारिला वार सिनहरूको सहज निर्माण सम्भव भएपछि २१औं शताब्दीका सिनेमामा उच्च कल्पनाले सजिलै स्थान पाउन थाले। अर्कोतर्फ सिनेमालाई मनोरञ्जन मात्र नभई सामाजिक डिस्कोर्सको स्पेस बनाइनुपर्छ भन्ने मान्यताले पनि सिनेमा निर्माण हुन थाले।
यी दुवै उच्चताको संयोजनस्वरूप २१औं शताब्दीको सुरुसँगै पहिलेभन्दा भिन्दै ढाँचा, सिनेमाटोग्राफी र कथाका सिनेमा बनिरहेछन्। तीमध्ये २५ फिल्मलाई बीबीसीले एक्काइसौं शताब्दीका महान् फिल्मको सूचीमा राखेको छ। बीबीसीको सूचीबाट लिइएका १० प्रसिद्ध अंग्रेजी फिल्म :
मुलहल्यान्ड ड्राइभ
यो सन् २००१ मा बनाइएको नयाँ खाले जादुयी फिल्म हो। डेभिड लाइन्चको लेखन र निर्देशनमा बनेको यो फिल्ममा नाओमी वाट्स, लाउरा ह्यारिङ, जस्टिन थेरोक्स, आन मिलर र रोबर्ट फोस्र्टरले अभिनय गरेका छन्। यो फिल्मले भर्खरै लस एन्जलसमा आएकी नायिका बेट्टी इल्म्सको कथा भन्छ। यो फिल्मले सन् २००१ को क्यान्स फिल्म फेस्टिभलमा बेस्ट डाइरेक्टर अवार्ड पाएको थियो।
इन द मुड फर लभ
सन् २००० मा हङकङमा बनेको फिल्म हो यो। वाङ कार-वाईले निर्माण, लेखन र निर्देशन गरेको यो फिल्ममा टोनी लिउन्ग र म्यागी छेउङले अभिनय गरेका छन्। यसलाई महान् एसियाली सिनेमामध्ये एक मानिन्छ। फिल्मले सन् १९६२ को हङकङको कथा भन्छ। चाउ मो वान नामक एक पत्रकारले अपार्टमेन्टमा एक कोठा भाडामा लिन्छन्। त्यही अपार्टमेन्टमा सोही दिन सु ली जेनले पनि कोठा भाडामा लिन्छिन्। यी दुवै विवाहित हुन्छन्। फिल्मले यी दुईको कथा भन्छ। यो फिल्मले सन् २००० को क्यान्स फिल्म फेस्टिभलमा बेस्ट एक्टर अवार्ड पाएको थियो।
दियर विल बी ब्लड
सन् २००७ मा बनेको अमेरिकी नाट्य फिल्म हो यो। पाउल थोमस एन्डरसनले निर्देशन गरेको यो फिल्ममा डेनियल डे लुइस र पाउल डानोले अभिनय गरेका छन्। उप्टन सिन्केरको उपन्यास ‘ओई’बाट प्रेरित यो फिल्मले १९औं शताब्दीको पछिल्लो समयमा दक्षिण क्यालिफोर्नियामा भएको तेल उत्खननसँग जोडेर सम्पत्ति खोजको कथा भन्छ।
ब्वाइहुड
सन् २०१४ मा हुर्कंदो उमेरलाई केन्द्रित गरेर बनाइएको अमेरिकी फिल्म हो यो। रिचार्ड लिंक्लेटरले लेखन तथा निर्देशन गरेको यो फिल्ममा प्याट्रिसिया आक्विटी, इलार कोल्ट्रेन लगायतको अभिनय छ। यो फिल्मले टेक्सासका दुई डिभोर्सी अभिभावकका सन्तानको ६ वर्षदेखि १८ वर्षसम्म हुर्काइको कथा भन्छ। यो फिल्मले बेस्ट मोसन पिक्चर अवार्ड पाएको थियो।
द ट्री अफ लाइफ
एक महान् कविताले जस्तै यो फिल्मले जीवनका हजारौं व्याख्याको उद्घाटन गर्छ। टेरेन्स मलिकको निर्देशनमा सन् २०११ मा बनेको यो फिल्मले एक वयस्क मानिसको बालककालको सम्झनासँग जोडेर जीवनको उद्गम र अर्थहरूको खोजी गर्छ।
यियी
एडवार्ड याङले निर्देशन गरेको ताइवानी-जापानी फिल्म हो यो। यो फिल्म मूलत: एनजी नामक इन्जिनियरको भावनात्मक संघर्षको वरिपरि घुम्छ। फिल्मले मध्यमवर्गीय ताइवानी परिवारको तीन पुस्ताको कथा भन्छ।
अ सेपेरेसन
सन् २०११ मा अस्गर फर्हादीले निर्देशन गरेको यो इरानी फिल्ममा लेला हतामी, पेम्यान मोदी, साहब हुसेनी लगायतको अभिनय छ। फिल्म मध्यमवर्गीय इरानी जोडीमा केन्द्रित छ। उनीहरूमा भएको विभाजनले छोरीमा परेको असर, अभिभावकको द्वन्द्व आदिबारे फिल्मले कथा भन्छ।
नो कन्ट्री फर ओल्ड म्यान
सन् २००७ मा बनेको अमेरिकी थ्रिलर फिल्म हो यो। जुल र इथान कोइनले निर्देशन गरेको यो फिल्म कम्र्याक म्याककार्थीको सोही शीर्षकको उपन्यासमा आधारित छ। फिल्मले अमेरिकाको टेक्सास र भियतनामलाई जोडेर सन् १९८० को दक्षिणी टेक्सासको कथा भन्छ। फिल्मले केउइन दाजुभाइको भाग्य, चेतना र परिस्थितिीको व्याख्या गर्छ।
चिल्ड्रेन अफ मेन
पीडी जेम्सको सोही नामको उपन्यासमा आधारित रहेर अल्फोन्सो कुआरनले निर्देशनमा सन् २००६ मा बनेको यो फिल्मले सन् २०२७ को परिकल्पना गर्छ। दुई दशकसम्म एकजना पनि बच्चा जन्मन नसकेकाले समाज झन्डै ध्वंश हुने अवस्थामा पुगेको हुन्छ। फिल्मले त्यो चरम अवस्था र शरणार्थी समस्याको कथा भन्छ।
लस्ट इन ट्रान्सलेसन
यो सन् २००३ मा बनेको रोमान्टिक कमेडी फिल्म हो। सोफिया कोप्पोलाले निर्देशन गरेको फिल्ममा बिल मुर्रेले अभिनय गरेका छन्। फिल्मले टोकियो होटलमा साथी बनेका दुई कलेज ग्य्राजुएटहरूको कथा भन्छ। यो फिल्मले चारवटा एकेडेमी अवार्ड पाएको थियो।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • १५ मंसिर २०७४, शुक्रबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • १५ मंसिर २०७४, शुक्रबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • १५ मंसिर २०७४, शुक्रबार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP