२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

फिल्म प्रचारका लागि रथमा शहर घुमिन् प्रियंका

फिल्म प्रचारका लागि रथमा शहर घुमिन् प्रियंका

नेपाली चलचित्रका निर्माताहरुले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेका छन् । कहिले पिज्जा डेलिभर गर्दै फ्यानको घरमा पुग्ने त कहिले विभिन्न स्थानमा कन्सर्ट गर्ने । नयाँ-नयाँ उपायले चलचित्रको प्रचारमा फाइदा पनि मिलिरहेको छ ।

यसैक्रममा, चलचित्र ‘ह्याप्पी डेज’को यूनिटले चलचित्र प्रचारका लागि नयाँ शैली अपनाइएको छ । चलचित्र प्रचारका लागि ललितपुरको लखनखेलबाट ‘रथ यात्रा’ गरिएको छ । लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’मा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता सहभागी थिए । उनीहरुले, चलचित्रको नाम लेखिएको टिसर्ट लगाएका थिए । लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’ भृकुटीमण्डपमा आएर समापन भएको थियो । उपस्थित पत्रकारहरुसँग कुरा गर्दै नायिका प्रियंका कार्कीले यो शैलीले चलचित्रलाई फाइदा पुग्ने बताइन् ।

उनले भनिन्-‘मेरा घोडासँग छुट्टै लगाव छ । चलचित्रको छायांकनको क्रममा पनि म घोडासँग गफ गर्थे ।’ उनले, प्रेमकथामा यो चलचित्र बनेको भन्दै अगाडि थपिन्-‘विदेशमा बस्ने नेपालीहरुको कथालाई यो चलचित्रले उठान गरेको छ ।’ निर्देशक मिलन चाम्सले यो प्रचारको शैलीले चलचित्रलाई फाइदा पुग्ने बताए । यस्तै, चलचित्रका नायक संजय गुप्ताले ‘ह्याप्पी डेज’ले सबैलाई खुशी बनाउने बताए ।

वैशाख १४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नायक दयाहाङ राइको पनि मुख्य भूमिका छ । बेलायतका रमणिय लोकेशनमा यो चलचित्र खिचिएको छ । चलचित्रलाई वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सले निर्माण गरेका हुन् ।

onlinekhabar

 

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • १० बैशाख २०७५, सोमबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • १० बैशाख २०७५, सोमबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • १० बैशाख २०७५, सोमबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP