२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

सलमानले लेखे– ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’

सलमानले लेखे– ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’

‘दबंग ब्वाई’ सलमान खान नेपाल टुरका लागि उत्साहित भएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत ‘दवंग द टुर नेपाल’को पोस्टरसहित त्यस्तै स्टाटस लेखेका छन् ।

केही समयअघि मात्र उनले ‘नेपाल अब हाम्रो स्वागत गर्ने होइन ?’ आशयको स्टाटस लेखेपछि त्यसमा कमेन्टको ओइरो लागेको छ । यसो भन्दै, ‘वेलकम टु नेपाल ।’

उनी सांगीतिक प्रस्तुतीको मेलोमेसोमा आफ्नो टिम सहित नेपाल आउन लागेका हुन् । यो उनको दोस्रो नेपाल टुर हो । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए । तर, फरक सिलसिलामा ।

यसपाली चाहि उनले नेपालीलाई मनोरञ्जन दिलाउनेछन् । आउँदो मार्च ९ को बिहान उनले त्रिभूवन अन्तर्राट्रिय विमानस्थलमा उत्रनेछन् । तीन दिनको बसाईमा उनले एक भव्य सांगीतिक कार्यक्रम पेश गर्नेछन् ।

कार्यक्रममा सलमानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन, पञ्जाबी भांगडा षन्सर मिड बोस आउनेछन् । यसको मेलोमेसो भने ओडीसी इन्टरटेनमेन्टले गरेको हो । सलमान टोलीले फागुन २६ मा काठमाडौंको टुडिखेलमा सांगीतिक माहौल बनाउनेछन् । मध्यन्ह १२ बजेदेखि टुडिखेलको गेट खुल्नेछ भने सलमान चाहि साँझ ६ बजे स्टेजमा उक्लनेछन् ।

सलमानको कार्यक्रम हेर्न २ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्नेछ ।

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • २४ माघ २०७४, बुधबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • २४ माघ २०७४, बुधबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • २४ माघ २०७४, बुधबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP