२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

मल्लिकाले तिर्न सकिनन् कोठाभाडा

मल्लिकाले तिर्न सकिनन् कोठाभाडा

बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स गएको लामै समय बितिसक्यो । उनी त्यहाँ ब्वाइफ्रेन्डसँग बस्ने गरेकी छन् । फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएपछि उनीबारे अनेक तथ्य बाहिर आइरहेका छन् । अभिनेत्रीले घरको भाडा नतिरेपछि यस्तो फैसला सुनाइएको एएफपीले जनाएको छ ।

एजेन्सीका अनुसार डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टको भाडा (७८ हजार ७ सय ८७ युरो) तिर्न भनिएको थियो । भाडा नतिरेपछि अदालतले फर्निचर जफत गर्ने आदेश दियो । मल्लिका र सिरिल पेरिसको एरोनडिसेमेन्ट्समा बस्दै आएका छन् । यो त्यहाँको सबैभन्दा महँगो र भीभीआईपी सहर हो, जहाँ हलिउडका थुप्रै मेगा बजेट फिल्मको छायांकन हुने गरेको छ ।
उनीहरू बसेको फ्ल्याटको भाडा प्रतिमहिना ६ हजार ५४ युरो (७ लाख ३६ हजार ६ सय ४० रुपैयाँ) छ । उनीहरूले अहिलेसम्म एक चोटि मात्रै २ हजार ७ सय १५ युरो तिरेका छन् । मल्लिकाको वित्तीय स्थिति कमजोर भएको र भरपर्दो जागिर पनि नपाएकाले भाडा तिर्न नसकेको उनका वकिललेबताएका छन् । तर, घरमालिकका अनुसार यो बयान झूटो हो । मल्लिकाले फ्ल्याट भाडामा लिएयता १० मिलियन युरो कमाइसकेको उनी बताउँछन् ।
केही समयअघि मात्रै मल्लिकाले आफू पेरिसको अपार्टमेन्टमा बस्ने गरेको खबर झूटो भएको बताएकी थिइन् । कसैले आफूलाई डेरा दान दिएको भए त्यसको ठेगाना बताइदिन आग्रह गर्दै उनले व्यंग्यात्मक टीट गरेकी थिइन् । अहिले अपार्टमेन्टको भाडा नतिरेपछि उनको पोल खुलेको छ ।

Related News

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २७ पुष २०७४, बिहीबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • २७ पुष २०७४, बिहीबार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
  • २७ पुष २०७४, बिहीबार

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...

TOP