यदि कसैलाई बलिउड नायिका प्रियंका चोपडा जस्तै बन्नु छ भने, के गर्नुपर्ला ? यो प्रश्नको जवाफ स्वयंम नायिका चोपडाले भन्दा राम्रोसँग कसले दिन सक्ला र ?
नायिका चोपडा एक कार्यक्रममा पुगिन् र यो प्रश्नको जवाफ दिने कोशिश गरिन् ।
‘ब्रेकिङ्ग द ग्लास सिलिंग, चेन्जिङ द ड्रिम’ नामक कार्यक्रममा पुगेकी नायिकाले भनिन्-‘म कुनै मिसनमा छैन । मलाई कुनै ग्लास सिलिङ्ग तोड्नु पनि छैन र कुनै मान्यतालाई हराउनु पनि छैन । म मात्र आफ्नो सपना र महत्वकांक्षामा बाच्ने कोशिश गर्छु ।’
उनले सो कार्यक्रममा सफलताका लागि १२ वटा सुत्र पनि दिएकी छिन् । जुन यसप्रकार छः
१. तपाई जस्तो दोश्रो कोहि पनि छैन । सबैभन्दा जरुरी आफूलाई पहिचान गर्नु हो ।
२. सपनाहरुमा उडान भर्न जरुरी छ । सपना बदलिन्छ भन्ने डरमा पर्नु हुदैन ।
३. महिलाहरुलाई महत्वकांक्षी बन्न आवश्यक छ ।
४. कुनै पनि व्यक्तिलाई आफ्नो सपना तय गर्ने हक दिनु हुँदैन ।
५. थोरैमा सन्तोषी किन हुनु ? सपनाको लागि लोभी हुनु जायज हो ।
६. कुनै पनि कुरामा हार्नु गलत कुरा होइन, तर त्यसपछि उभिन आवश्यक छ ।
७. जोखिम लिनु आवश्यक छ, तर जोखिम लिनुभन्दा पहिला सोच्न जरुरी छ ।
८. आफ्नो वरिपरी रहने मान्छेको चयन निकै समझदारीसँग गर्न आवश्यक छ ।
९. तपाई हरेक मान्छेलाई खुशी राख्न सक्नुहुन्न भने त्यसमा कोशिश पनि नगर्नुहोस् ।
१०. हरेक कुरालाई गम्भिर रुपमा लिन छाड्नुहोस् । जिन्दगीमा रमाइलो गर्न आवश्यक छ ।
११. मानिसमा सहयोग सधै रहनुपर्छ । यदि कसैले तपाइको लागि केहि गरेको छ भने उसका लागि केहि गर्ने जिम्मेवारी तपाइको पनि हो ।
१२. यो कहिल्यै नभुल्नु कि, तपाई कहाँबाट आउनु भएको हो ?
onlinekhabar
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...