फेसबुकले जबरजस्ती लाइक, शेयर वा कमेन्ट गर्न लगाउने खालका साइट र तस्बिरहरुलाई अबदेखि हटाउने बताएको छ ।
मानिसहरुको ध्यान केन्द्रित गराउन ‘यसलाई लाइक गर्दा २४ घन्टामै राम्रो खबर पाइन्छ’, ‘यी भगवान्को दर्शन गर्न एक शेयर वा यस्तो कमेन्ट गर्नुहोस्’ जस्ता पोस्टहरुलाई फेसबुकले हटाउने निर्णय गरेको बताएको छ ।
यस्ता पोस्टहरुले फेसबुकको दुरुपयोग भन्दै हटाइदिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
साथै धेरै प्रयोगकर्ताले पनि यससम्बन्धी गुनासो गरिरहेकाले यस्ता पोस्टलाई हटाउने निर्णय गरेको बताएको छ । त्यसैले सोमबारदेखि नै न्युज फिडबाट यस्ता किसिमका पोस्टलाई नदेखिनेगरी तल राखिने बताइएको छ । यति गर्दा पनि उनीहरुले लाइक, कमेन्ट र शेयर पाउन यस्तो तरिका अपनाएमा फेसबुकले तिनीहरुमाथि प्रतिबन्ध नै लगाइदिने चेतावनी दिइसकेको छ ।
यसबाहेक कतिपय पोस्टहरुले प्रयोगकर्तालाई विज्ञापनले भरिएका लिङ्कतर्फ लैजाने गरेकामा फेसबुकले गतसाता यस्ता पोस्टहरु राख्नमा निषेध गरिदिएको थियो । तर फेसबुकले यस्ता अनावश्यक सामग्रीलाई हटाउन गरिरहेको विभिन्न प्रयास कत्तिको फाइदाजनक साबित भइरहेको छ भन्नेबारे परिणाम आउन बाँकी नै छ ।
तर पनि फेसबुक प्रयोगकर्ताले कस्तो पोस्ट हेर्न पाउने वा नपाउने भन्नेमा फेसबुकको पूर्ण नियन्त्रण हुने भएकाले उनीहरुले अपनाएको यो तरिकाले त्यस्ता सामग्रीलाई धेरै कम गराउने अनुमान गरिएको छ । फेसबुकलाई सुरक्षित र अनावश्यक सामग्रीरहित बनाउन हालमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।
सन फ्रान्सिस्को (अमेरिका) । के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...
वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...