गुगलले बुधबार चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा चाइनाको ट्यालेन्टको उपयोग गर्नका लागि गुगलले सो निर्णय गरेको हो ।
माइक्रोसफ्ट,फेसबुक ,गुगल तथा यिनका चाइनिज प्रतिस्पर्धी अलिबबा,टेनसेन्ट जस्ता कम्पनीको लागी आर्टिफिसियल इन्टेलिजेन्स, बिशेषगरि मेसिन लर्निंग एउटा केन्द्रको बिषय बनेको छ ।एआई रिसर्चमा सेल्फ ड्राइभिंग कार,अटोमेटेड फ्याक्ट्रीहरु तथा फेसियल रिकग्निसन सफ्टवेयरको बिकाशलाई वृद्धि गर्ने क्षमता हुन्छ ।
चाइनाको एआइ ट्यालेन्ट अमेरिकाको रिसर्च क्षमता जत्तिकै फराकिलो भएको कारणले गुगलले बेइजिंगमा एआइ रिसर्च सेन्टरको खोल्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको हो । चाइनाको ठुलो जनघनत्त्व , मजवुत गणितीय तथा बैज्ञानिक शिक्षाले गर्दा त्यहाँ इन्जिनियरिंग प्रतिभाहरुको वृद्धि भैरहेको छ ।
‘ यहाँका धेरै युनिभर्सिटी तथा इन्स्स्टिच्युटहरुले एआइ ट्यालेन्टको वृद्धिलाई सहयोग गर्दै आइरहेका छन् । त्यसकारण चाइनामा एआइ ट्यालेन्ट भेट्टाउन त्यति मुस्किल छैन ।’ सीटा टेक (इन्स्स्टिच्युट अफ कम्प्युटर टेक्नोलोजी ) कि संस्थापक युआन जिरुईले भनिन ।’ चाइनामा एआइ ट्यालेन्टको ट्रेन्डनै बनिसकेको छ ,एआइ शिक्षा हाइस्कुल तथा माध्यमिक तहका बिद्यालयमा पनि विस्तार गरिंदै छ । ‘ सिटा टेकले फ्याक्ट्रीका प्रोडक्टहरुको कम्जोरी पत्ता लगाउने जस्ता समस्या समाधानका लागी डीप लर्निंगको प्रयोग गर्ने गर्दछ ।
चाइनाको एआइ कम्पनीहरुले ठुलो जनसंख्याबाट डाटाहरु लिएर त्यसको प्रयोग मेसिन लर्निंग एल्गोरिद्म लाई प्रशिक्षण दिनका लागि गर्ने गर्दछन् । चाइनाको रिसर्च सेन्टर गूगलका अन्य रिसर्च सुविधाहरुसंग जोडिने छ । गुगलले एआइ सेन्टर खोलेर चाइनिज ट्यालेन्टको प्रयोग गर्ने कुरामा जोड दिएको छ । श्रोत : काठमाण्डौ पोस्ट
सन फ्रान्सिस्को (अमेरिका) । के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...
वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...