२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

यी हुन् यो वर्ष लञ्च भएका टपटेन स्मार्टफोन

यी हुन् यो वर्ष लञ्च भएका टपटेन स्मार्टफोन

अंग्रेजी क्यालेन्डर अनुसारको वर्ष सन् २०१७ को अन्तिम महिना, डिसेम्बर चलिरहेको छ । सकिनै लागेको यो वर्षमा विश्वको प्रविधिको बजारमा धेरै नयाँ नयाँ चिजहरु आए ।

स्मार्टफोनको कुरा गर्दा यो वर्ष भेजललेस फोन तथा डुअल क्यामरा जस्ता नयाँ फिचरले स्मार्टफोनको उद्योगमा नयाँ मानक स्थापित गर्ने प्रयास गरे ।

सबै कम्पनीहरु एक पछि अर्को गर्दै विभिन्न अत्याधुनिक स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिस्पर्धामा रहे । हेरौँ यो वर्ष बजारमा आएका टपटेन स्मार्टफोनहरु:-

१. आइफोन एक्स: आइफोन एक्स यो वर्षको सबैभन्दा उत्कृष्ट स्मार्टफोन हो भन्दा फरक पर्दैन । यसमा ५.८ इन्चको भेजललेस डिस्प्ले रहेको छ, जसको रिजोलुसन ११२५ गुणा २४३६ रहेको छ ।

आइफोन एक्स ६४ र २५६ जिबी गरी दुई खाले स्टोरेज भेरिएन्टमा उपलब्ध छ । यसमा १२ मेगापिक्सेलका दुईवटा ब्याक क्यामरा रहेका छन् । साथै ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ ।

२. आइफोन एट तथा एट प्लस: आइफोन एट तथा एट प्लसमा वायरलेस चार्जिङ छ । दुबै आइफोन ६४ तथा २५६ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छन् । आइफोन एटा ४.७ इन्चको डिस्प्ले छ भने आइफोन एट प्लसमा ५.५ इन्चको डिस्प्ले रहेको छ ।

साथै फोनमा थ्री डी टच प्रविधि पनि रहेको छ । एट प्लसमा १२ मेगापिक्सेलको वाइड एंगल टेलिफोटो क्यामरा रहेको छ । आइफोन एटमा चाहीँ साधारण १२ मोगपिक्सेल क्यामरा छ । साथै दुबैमा ७ मेगापिक्सेलको सेल्फी एचडी क्यामरा पनि रहेको छ ।

३. सामसुङ ग्यालेक्सी एस एट र एस एट प्लस: यी दुबैखाले स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ । ग्यालेक्सी एस एट एलटीइ स्पीडयुक्त पहिलो स्मार्टफोनको रुपमा रहेको छ ।

यो दुबै कब्र्ड किनारा भएको स्मार्टफोन हो । डिस्प्लेको किनारको फ्रेम तथा भेजल निकै कम गरिएको छ । भेजललेस, डुअल एज डिस्प्लेले यस फोनको फ्रन्ट स्क्रिनको ८० प्रतिशत हिस्सा ओगटेको छ ।

४. सामसुङ ग्यालेक्सी नोट एट: यसमा ६.३ इन्चको क्वाड एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । यस फोनमा १२ मेगापिक्सेलको ब्याक क्यामरा छ, जुन अप्टिकल इमेज स्टेबलाइजेसन फिचरलाई सपोर्ट गर्दछ ।

साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहेको छ । यसको ब्याट्री ३३ सय मिलिएम्पियर आवरको रहेको छ । ग्यालेक्सी नोट ७.१.१ एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्दछ । यसमा ६ जिबीको र्याम रहेको छ ।

५. सोनी एक्सपेरिया XZ1: यो स्मार्टफोनको सबैभन्दा विशेष फिचर भनेको यसको १९ मेगापिक्सेलको क्यामरा हो जसले थ्री डी स्क्यानरको काम पनि गर्दछ ।

एन्ड्रोइड ओरियो ८ अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोनमा ६४ बिटको क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर तथा ४ जिबीको र्याम रहेको छ । यसमा ६४ जिबी इन्टर्नल मेमोरी छ जसलार्य २५६ जिबीसम्म बढाउन सकिन्छ ।

६. साओमी Mi Mix 2: यो स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ, जोसँग ६ जिबीको र्याम राखिएको छ । यो फोन तिनथरी स्टोरेज भेरिएन्टमा उपलब्ध छ, ६४, १२८ र २५६ जिबीको रुपमा ।

यसमा १२ मेगापिक्सेल तथा ५ मेगापिक्सेलका दुईवटा ब्याक क्यामेरा तथा ५ मेगापिक्सेलको एउटा सेल्फी क्यामरा रहेको छ ।

७. वनप्लस फाइभ टी: यो स्मार्टफोन प्रोसेसर, ब्याट्री तथा र्याम लगायतका सबै फिचरमा उत्कृष्ट छ । यसमा अक्टाकोर प्रोसेसर क्वालकोम स्नापड्रागन ८३५ रहेको छ ।

ब्याट्रीको क्षमता ३३०० एमएएएच रहेको छ । यसमा ६ जिबीको र्याम र ६४ जिबी मेमोरी तथा ८ जिबी र्याम र १२८ जिबी मेमोरी गरी दुई भेरिएन्ट उपलब्ध छन् ।

८. नोकिया एट: नोकिया एटमा ५.३ इन्चको क्यूएचडी डिस्प्ले रहेको छ । ब्याकसाइडमा १३ मेगापिक्सेलको डुअल क्यामरा छन् भने १३ मेगापिक्सेलकै एक सेल्फी क्यामरा पनि रहेको छ ।

यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ, जो सँग ४ जिबीको र्याम दिइएको छ । यो फोनमा ६४ जिबीको इन्टर्नल मेमोरी छ, जसलाई २५६ जिबीसम्म बढाउन सकिन्छ । ३०९० एमएएएच को ब्याट्र छ जसले क्विक चार्जिङ पनि सपोर्ट गर्दछ ।

९. एचटीसी U11 : एन्ड्रोइड ७.१ नोगट अपरेटिङ सिस्टममा आधारित कम्पनीको आफ्नो HTC Sense UI अपरेटिङ सिस्टममा यो फोन चल्दछ । यसमा २.४५ गिगाहर्जको अक्टाकोर क्लालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ ।

यसको इन्टर्नल मेमोरी १२८ जिबी छ जसलाई माइक्रोएसडी कार्डको सहायताले २ टेराबाइट सम्म बढाउन सकिन्छ । यसको ६ जिबीको र्याम रहेको छ ।

यसमा मुख्य क्यामरा १२ मेगापिक्सेलको छ, जसमा १.४ माइक्रोन पिक्सल, अल्ट्रा स्प्रेड अटोफोकस, बिएसआइ सेन्स, ओआइएस, डअुल एलइडी फ्लास, स्लो मोसन तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचर रहेका छन् ।

१०. गुगल पिक्सेल टू: यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी एमोलेड डिस्प्ले रहेको छ जसमा कर्निंग गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन फिचर उपलब्ध छ ।

अक्टाकोर क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर रहेको यो फोनमा ४ जिबीको र्याम तथा ६४ र १२८ गरी २ भेरिएन्टका इन्टर्नल मेमोरीयुक्त फोन रहेका छन् । साथै १२.२ मेगापिक्सेलको मूख्य क्यामरा यसमा रहेको छ । एजेन्सीहरुको सहयोगमा

Related News

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • २० मंसिर २०७४, बुधबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
  • २० मंसिर २०७४, बुधबार

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म...

आजदेखि ई-पासपोर्ट
आजदेखि ई-पासपोर्ट
  • २० मंसिर २०७४, बुधबार

राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका...

TOP