२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स

आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ ।

मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ।  स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । यस्तोमा मेमोरी खाली गर्नका लािग सबै डाटालाई जथाभावी डिलिट गर्ने कुरा पनि भएन । र, अर्को बुझ्नुपर्ने कुरा के भने हाम्रो मोबाइलमा केही त्यस्ता अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानीपूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ । तसर्थ स्मार्टफाेनकाे स्टोरेज स्पेस खाली गर्न यी उपायहरु अपनाउनु पर्दछः

१. अनावश्यक एपहरु अनस्टल गर्नेः एपहरुले स्मार्टफोनमा स्टोरेजको ठूलो हिस्सा ओगटेका हुन्छन् । त्यसैले आफुले प्रयोग नगर्ने वा प्रायः प्रयोगमा नआउने एपहरु अनस्टल गर्नु पर्दछ ।

२. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्नेः यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जाने र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्न सकनुहुन्छ ।

३. मल्टिमिडिया सामाग्री हटाउनुहोस्ः फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।

४. क्लाउडको प्रयोगः आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।

५. स्मार्टफोन रिसेट गर्नेः यदि माथि उल्लेखित उपायहरुले पनि काम गरेन भने तपाइँ स्मार्टफोनमा फ्याक्ट्री रिसेटको विकल्प प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप राख्न चाहीँ नबिर्सनुहोला ।

एजेन्सी

Related News

आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
  • ६ असार २०७५, बुधबार

सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...

आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
  • ६ असार २०७५, बुधबार

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
  • ६ असार २०७५, बुधबार

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...

TOP