२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

जुकरवर्गले यूरोपेली सांसदसँग माफी मागे

जुकरवर्गले यूरोपेली सांसदसँग माफी मागे

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् ।

क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ ।

युरोपेली सांसदका प्रश्नको जवाफ दिन जुकरबर्ग उपस्थित भएका थिए । उनले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।

उनको भनाइबाट युरोपेली संसदको सबै सदस्यहरु सन्तुष्ट नभएको बीबीसीले जनाएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले दिएका छैनन् ।

ब्रिटेनको संसदको डिजिटल कल्चर मिडिया र खेल समितिका प्रमुख डेमियन कोलिन्सले भने, ‘प्रश्न सोध्ने फर्म्याट नै यस्तो थियो कि जुकरबर्गले आफूखुसी जवाफ दिने मौका पाए । र, उनले हरेक जिज्ञासाको जवाफ दिएनन् ।’

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसदमा सवाल जवाफ गरिएको थियो । तर, यूरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसदको भन्दा फरक थियो ।

सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ति सबै प्रश्नहरुको एकमुष्ट जवाफ दिएका थिए । जुकरबर्गलाई ७५ मिनेटसम्म सांसदहरु सामु राखिएको थियो तर उनले सबै जिज्ञासाहरुको जवाफ नदिएको बीबीसीले जनाएको छ

Agency

Related News

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • ९ जेष्ठ २०७५, बुधबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
  • ९ जेष्ठ २०७५, बुधबार

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म...

आजदेखि ई-पासपोर्ट
आजदेखि ई-पासपोर्ट
  • ९ जेष्ठ २०७५, बुधबार

राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका...

TOP