१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हँुदै

प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हँुदै

विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले बताउनुभयो ।

सम्मेलनका बारेमा जानकारी गराउन आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरिक्ष यात्रीसँग अन्र्तक्रिया

यसैबीच नेपाल भ्रमणमा आउनुभएकी नासाकी पूर्व अन्तरिक्ष यात्री सान्द्रा म्यागनसले अन्तरिक्ष विज्ञानसम्बन्धी विशेष प्रस्तुति दिनु हुनेभएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट) सँगको सहकार्यमा यही जेठ १६ गते हुने विशेष कार्यक्रमले विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी कुराहरु बुझ्न मद्दत गर्नेछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो प्रश्न ३० सेकेन्डसम्मको भिडियो जेठ ११ गतेसम्म पठाउनु पर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

सो अवसरमा पहिलो अन्तरिक्ष चित्रकला प्रतियोगिता २०१७, चौथौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१७ तथा दोश्रो विज्ञानमा महिला पुरष्कार २०१८ का विजेताहरुलाई पुरस्कार वितरण गरिने जनाइएको छ । रासस

Related News

आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
  • ४ जेष्ठ २०७५, शुक्रबार

सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...

आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
  • ४ जेष्ठ २०७५, शुक्रबार

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
  • ४ जेष्ठ २०७५, शुक्रबार

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...

TOP