नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन टेन यहि डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गते देखि नेपालमा सार्वजनिक गरेको छ ।
आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । अर्ध बार्षिकमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ ।
यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ । सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गर्दछ ।
आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र खरिद गर्न जेनेष्टले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
६४ जिबीको आइफोन एक्सको मुल्य नेपाली बजारमा १ लाख ३८ हजारको हाराहारीमा पर्दछ । यसैगरी २५६ जीबीको १ लाख ५९ हजार रहेको छ ।
सन फ्रान्सिस्को (अमेरिका) । के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...
वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...