१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

एप्पलको बजार मूल्य १० खर्ब नजिक पुग्यो

एप्पलको बजार मूल्य १० खर्ब नजिक पुग्यो

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । र, यो सँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ ।

बर्कशायर हाथावेको वार्षिक शेयरधनी बैठकमा कम्पनीका अध्यक्ष तथा सिइओ वारेन बफेटले एप्पलको थप साढे ७ करोड कित्ता शेयर हाथावेले खरीद गरेको खुलासा गरेसँगै एप्पलको शेयर मूल्य आकासिएको हो ।

त्यस्तै दी ओरेकल अफ ओमाहाज कम्पनीसँग एप्पलको २४ करोड कित्ता शेयरको स्वामित्व रहेको छ, जुन एप्पलको कुल शेयरको ५ प्रतिशत हो ।

एप्पलको शेयर मूल्य सोमबार २ प्रतिशतले वृद्धि भयो र कम्पनीको बजार मूल्य ९ खर्ब ४० करोड पुग्यो ।

यो मे महिना एप्पल कम्पनीका लागि निकै फलिफाप भैरहेको छ ।

मे १ तारेखमा सार्वजनिक रिपोर्टमा एप्पलले अपेक्षा भन्दा बढि मुनाफा हासिल गरेको तथ्यांकले वालस्ट्रिटलाई तीनछक बनाइदिएको थियो । पछिल्लो समय अमेरिकामा आइफोनको बिक्रि घटेपछि जापान र चीनमा आइफोनको बिक्री नाटकीय रुपमा बढेको तथ्यांकले देखाएको छ ।

लगानी कर्ताको प्रतिशेयर मुनाफा तथा लाभांसमा वृद्धि हुनेगरी एप्पलले स्टक बाइब्याक कार्यक्रमको योजनासँगै एप्पलले आफ्ना लगानीकर्तालाई आशावादी बनाइरहेको छ । फलतः मे महिनामा एप्पलको शेयर मूल्य गतवर्षभन्दा १३ प्रतिशतले बढी छ ।

एप्पलको वृद्धि यहीँ दरमा भैरहेमा कम्पनी अबको छोटो समयमै १० खर्ब डलर बजार मूल्य भएको अमेरिकाको पहिलो कम्पनी हुने पक्का छ ।

यद्यपि, अरु तीनवटा कम्पनी पनि यसबाट धेरै टाढा छैनन् । माइक्रोसफ्ट, गुगल र अमेजन पनि एप्पलको पछि पछि छन् ।

माइक्रोसफ्ट तथा गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य साढे ७ खर्ब छ भने अमेजनको बजार मूल्य झण्डै ८ खर्ब रहेको छ ।

त्यस्तै फेसबुकको मूल्य ५ खर्ब १५ अर्ब डलर रहेको छ । गत वर्ष इतिहासमै सबैन्दा धेरै मूल्य कायम गरेको फेसबुकको बजार मूल्य अहिले १० प्रतिशतले घटेको छ ।

सिएनएनबाट

Related News

आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने
  • २६ बैशाख २०७५, बुधबार

सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा...

आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
आइतवारदेखि कसरी लिने अनलाईनबाट श्रम स्वीकृति ? के – के कागजात चाहिन्छन् ?
  • २६ बैशाख २०७५, बुधबार

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दर
  • २६ बैशाख २०७५, बुधबार

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले...

TOP