१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

अनलाइनमा किनियो आइफोन, घरमा डेलिभरी भयो लुगा धुने साबुन !

अनलाइनमा किनियो आइफोन, घरमा डेलिभरी भयो लुगा धुने साबुन !

आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।

घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु बजार-बजार ? यस्तै सोचेर एक व्यक्तिले अनलाइनमार्फत् आईफोन अर्डर गरे । तर घरमा डेलिभरी भयो लुगाधुने साबुन ।

यस्तो घटना नेपालमा भएको भने होइन । भारतको मुम्बईमा भएको हो । २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन-८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन-८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन डेलिभरी भएको दावी उनको छ ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका छन् ।

बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले भनेका छन्, ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।’

फ्लिपकार्टका प्रवक्ताले भने यस विषयमा अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

२०७४ माघ २२ गते १०:०५ मा प्रकाशित

Related News

गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
गरेनन् पोल भाडा सम्झौता : बढेको मूल्य फिर्ता लिन माग
  • २४ माघ २०७४, बुधबार

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म...

आजदेखि ई-पासपोर्ट
आजदेखि ई-पासपोर्ट
  • २४ माघ २०७४, बुधबार

राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका...

विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति
विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति
  • २४ माघ २०७४, बुधबार

नेपालले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । यसअघि भारतले नेपाललाई खुला...

TOP