२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

फरार मष्टवान्टेड चौधरीको पनि जीत

फरार मष्टवान्टेड चौधरीको पनि जीत

कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ ।

कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।

कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन आफूले कुरिरहेको बताए ।

‘उहाँ आफै उपस्थित हुनुभयो भने हातैमा दिने, हुनु भएन भने हुलाकबाट पठाइदिने वा निर्वाचन आयोगलाई नै प्रमाणपत्र बुझाइदिने विकल्प छ,’ भुसालले अनलाइनखबरसँग भने, ‘के गर्ने भनेर निर्वाचन आयोगको निर्देशन कुरेको छु ।’

निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल भएको हो ।

मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।

विजय उत्सवको तयारी, सुरक्षा व्यवस्था कडा

राजपा उम्मेदवार चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेदवार गरिमा शाहलाई झण्डै २१ हजार मतअन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार बिहान राजपा कार्यकर्ता र चौधरीका समर्थकहरु विजय उत्सव निकाल्ने तयारीमा छन् ।

विजय जुलुश हुलाकी राजमार्ग हुँदै हसुलिया, लालबोझी, भजनी हुँदै टिकापुरसम्म पुग्ने योजना बनाइएको छ । यी गाउँमा थारु समुदायको बाहुल्यता छ ।
विजय जुलुसलाई लक्षित गरी कैलाली क्षेत्रनम्बर १ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु टीकापुरमा भेला भएका छन् । नेपाल प्रहरीका विनोद घिमिरे, सशस्त्र प्रहरीका श्याम कोइराला र अनुसन्धान विभागका योगेन्द्र केसी क्षेत्र नम्बर १ मा छन् । ठाउँ-ठाउँमा सादा पोशाकमा सीआईबीको टोली पनि परिचालन गरिएको छ ।

थारू आन्दोलन उत्कर्षमा पुगेको बेला ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार छन् ।

Related News

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • २६ मंसिर २०७४, मंगलवार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

कांग्रेस महाधिवेशन : बागमतीमा बानियाको अग्रता
कांग्रेस महाधिवेशन : बागमतीमा बानियाको अग्रता
  • २६ मंसिर २०७४, मंगलवार

नेपाली  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी,...

टुंगो लाग्यो  सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले।पौडेल पक्षसँग भिड्ने उम्मेदवारको सूची
टुंगो लाग्यो सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले।पौडेल पक्षसँग भिड्ने उम्मेदवारको सूची
  • २६ मंसिर २०७४, मंगलवार

नेपाली कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा वीरबहादुर बलायर उम्मेदवार हुने भएका छन्। संस्थापन पक्षका नेताहरुले...

TOP