२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

कुकुर र संयुक्त गस्तीबाट सीमाक्षेत्रमा कडा सुरक्षा

कुकुर र संयुक्त गस्तीबाट सीमाक्षेत्रमा कडा सुरक्षा

निष्पक्ष र भयरहित वातावरणमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सुरक्षा जाँच कडा गरिएको छ ।

३ दिन यता ग्रामीण र सहरी बस्तीका ठाउँठाउँमा आकस्मिक चेक थालिएको छ । त्यस्तै पूर्व–पश्चिम र सहायक मार्गहरु पनि ‘सरप्राईज चेकिङ गरिएको छ । सीमानाका कृष्णनगर, मर्यादपुर र चाकरचौडामा तालीम प्राप्त कुकुर प्रयोग गरेर जाँच गरिएको छ । सहायक निरिक्षकको कमाण्डमा टोली नै खटाएर कुकुरले सुरक्षा चेक गर्ने गरिएको छ ।

भारतबाट आउने व्यक्ति र सावरीसाधानलाई विषेश जाँच गरिएको छ । त्यस्तै सीमाका ठाउँठाउँमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । चुनाव लक्षित गरी भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा चेक कडा गरेका छन् ।

चोक, बजार र संवदेनशिल ठाउँमा विषेश सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा जोखिम रहेका ठाउँमा सादा पोसाकमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको छ ।

‘आविञ्छत क्रियाकलाप हुन नदिन सर्तकता अपनाएका छौं,’ जिल्ला प्रहरी प्रमुख उपरिक्षक भोजजंग शाहले भने, ‘शान्ति सुरक्षा कायम गर्न हरसम्भव प्रयास गरेका छौं ।’

चुनावलाई नै लक्षित गरी म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार ३४१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति संयोजक तथा प्रजिअ मदन भुजेलले बताए ।

निर्वाचनमा २ हजार ४ सय ७४ म्यादी प्रहरी, १ हजार २ सय ७ नेपाल प्रहरी र ८ सय १० सशस्त्र प्रहरी परिचालन भएका छन् । बाहिरी घेरामा ८ सय ५० नेपाली सेना पनि परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरी तथा दोस्रो घेरामा सशस्त्र खटिने छन् । त्यस्तै तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

‘निर्वाचनलाई भयरहित र स्वच्छ बनाउन सुरक्षा व्यवस्था कसिलो बनाएका छौं,’ प्रजिअ भुजेलले भने, ‘मतदातालाई निधक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं ।’

यस्तै जिल्लाका १ सय ५३ मतदानस्थललाई अतिसंवेदनशील, ६५ संवेदनशील र १५ सामान्यमा वर्गिकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

Ekantipur

Related News

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १९ मंसिर २०७४, मंगलवार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • १९ मंसिर २०७४, मंगलवार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

कांग्रेस महाधिवेशन : बागमतीमा बानियाको अग्रता
कांग्रेस महाधिवेशन : बागमतीमा बानियाको अग्रता
  • १९ मंसिर २०७४, मंगलवार

नेपाली  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी,...

TOP