९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

काठमाडौंका २ ठाँउमा काङ्ग्रेस अगाडि, ८ ठाँउमा बाम गठबन्धन : यस्तो छ मत परिणाम

काठमाडौंका २ ठाँउमा काङ्ग्रेस अगाडि, ८ ठाँउमा बाम गठबन्धन : यस्तो छ मत परिणाम

काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाको निर्वाचन तर्फको प्रारम्भिक मतगणना हुँदा बाम गठबन्धनका दलले अग्रता लिइरहेका छन् । केही क्षेत्रमा भने नेपाली काङ्ग्रेसले समेत अग्रता लिएको छ ।

काठमाडौं क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विवेकशील साझाका रवीन्द्र मिश्रले २ हजार ९ सय १६ मत पाएका छन् ।

काठमाडौं क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार माधव नेपालले २८ सय ४० मत ल्याएर अग्रता हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका दीपक कुँइकेलले १४ सय ५४ मत ल्याएका छन् । यस्तै तेश्रो स्थानमा रहेको विवेकशील साझाका डा. सुरेशराज आर्चायले १२ सय ६५ मत प्राप्त गरेका छन् ।

यता काठमाडौं क्षेत्र नं. ३ मा बाम गठबन्धनका उम्मेदवार कृष्णभक्त राईले २ हजार ८ सय र उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएर पछ्याइरहेकी छिन् ।

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा अगाडि लागेका छन् । उनले ५ हजार ४ सय २२ र एमालेका राजन भट्टराईले ४ हजार ८ सय ७८ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलले १४ सय र उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका प्रकाशशरण महतले ६ सय १३ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलाई माओवादीका झक्कु सुवेदीले ३ सय ३९ मतले पछाडि पारेका छन् ।

काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेदवार रामवीर महर्जनले १ हजार ७२ मत पाएका छन् भने राप्रपाका विक्रम बहादुर थापाले ६ सय २४ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठ ४ हजार २ सय ५६ मत ल्याएर अगाडि रहेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका नवीन्द्रराज जोशीले ३ हजार ८ सय ६४ मत ल्याएका छन् ।

यस्तै काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ४ हजार २ सय ३३ र काङ्ग्रेसका ध्यान गोविन्द रञ्जितले २८ सय ७८ मत ल्याएका छन् ।

यता काठमाडौं १० मा नेपाली काङ्ग्रेसका राजन केसी अगाडि रहेका छन् । उनले ४ हजार ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हितमान शाक्यले २ हजार ७ सय ७३ मत ल्याएका छन् ।

Ratopati

Related News

बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
  • २२ मंसिर २०७४, शुक्रबार

बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले...

गठबन्धनको बैठकमा के छलफल भयो
गठबन्धनको बैठकमा के छलफल भयो
  • २२ मंसिर २०७४, शुक्रबार

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय...

एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध
एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध
  • २२ मंसिर २०७४, शुक्रबार

नेपालमा वन, जंगल बढेपनि डढेलो र कटानle विनास हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनावाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको...

TOP