१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध

एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध

नेपालमा वन, जंगल बढेपनि डढेलो र कटानle विनास हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनावाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए । उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गरेका हुन् ।Source

Related News

बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
  • १९ जेष्ठ २०७९, बिहीबार

बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले...

गठबन्धनको बैठकमा के छलफल भयो
गठबन्धनको बैठकमा के छलफल भयो
  • १९ जेष्ठ २०७९, बिहीबार

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय...

गणतन्त्र संसारकै उत्कृष्ट मध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री
गणतन्त्र संसारकै उत्कृष्ट मध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री
  • १९ जेष्ठ २०७९, बिहीबार

 प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर...

TOP