सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यु, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, काठमाण्डौ
नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपि ओली सरकारले राष्टिय सहमति गराएर नेपालको इतिहासमा नेपालको भगोलको क्षेत्रफल बढ्ने गरि भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई जोडेर नया नक्सा जारी गरेको, सोहि आधारमा संसदबाट सर्वसम्मतिले नेपालको संविधानलाई संशोधन गरिएको र तत्काल सो क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न भारत सरकारलाई कुटनीतिक नोट मार्फत पत्राचार गरेको थियो जुन राष्ट्रियताको सवालमा केपि ओली सरकारले चालेको कदम हामी सबैका लागि गर्वको कुरा रहि आएको छ।
केहि दिन अघि छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा कार्यक्रममा कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रमा भारतले सडक विस्तार तिव्र रुपमा गरिरहेको र त्यसलाई निरन्तरता दिने वारे गरेको अभिव्यक्ती साथै दार्चुलाको सदरमुकाम खलंगा जोखिममा पर्ने गरि भारतले धार्चुला तर्फ एकतर्फी रुपले पक्की तटवन्ध वाध) निर्माण गर्दै गरेको कार्य प्रति नेकपा एमाले सदपश्चिम प्रदेश सम्पर्क कमिटीको गम्भिर ध्यानआर्कषण भएको छ।
वर्तमान सरकारका सञ्चारमन्त्रीले कालापानी लिपुलेक लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो भन्ने धारणा रहेको भन्दै नेपाली जनताको आँखामा छारो हाल्ने नियतले एक विज्ञप्ती सार्वजनिक गरेको वाहेक यो सरकारले राष्ट्रियताको सम्बन्धमा आजसम्म थप कुनै कार्य नगरेको यथार्थता हो।।
यस परिस्थितीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी सम्माननीय प्रधानमन्त्री ज्य समक्ष तत्काल निम्नानुसारका पहल कदमीहरु चाल्न यो ज्ञापन पत्र पेश गर्दछ ।
१. नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली सरकारले भारतलाई प्रष्ट रुपमा लिम्पियाधरा कालापानी लिप्लेक क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न र सो क्षेत्र नेपाली भूमि भएकोले नेपालले निर्वाध प्रयोग गर्न सहयोग गर्नका लागि कुटनीतिक नोट लेखेको थियो । तर सो कटनीतिक नोटको हालम्भ पनि भारतीय पक्षले जवाफ समेत पठाएको छैन । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा बाटो विस्तार गरिरहेको कार्यलाई निरन्तरता दिने भनि
बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले...
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय...
नेपालमा वन, जंगल बढेपनि डढेलो र कटानle विनास हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनावाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको...