नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताएका छन् ।
पार्टी कार्यालयमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरंग पैदा गरेको बताए । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उनले बताए ।
नेपाली कांग्रेसले छ, नेकपा (माओवादी) केन्द्रले पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट रहेको छ । उनले भने, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरंग पैदा गर्नेछ ।”
आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ । एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै रु पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै रु २५ अर्ब खर्च हुने उनले बताए ।
स्थानीय तह, प्रदेश र संघीय निर्वाचनको विषयमा बहस भइरहेको बताउदै उनले संविधान सर्वाेपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्नेमा जोड दिएकाे छ । उनले भने, “एकै पटकमा तीन वटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ ।” विद्रोह चेतकासाथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताए ।
पार्टी जिल्लाहुँदै पालिका र वडा कमिटिसम्म विस्तार भइरहेको उनले बताए । कोरोनाका कारणले अवरोध आइररहे पनि जिल्ला जिल्लामा विभिन्न पार्टी छाडेर प्रवेश गर्ने अभियान जारी रहेको उनको भनाइ छ ।
बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले...
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय...
नेपालमा वन, जंगल बढेपनि डढेलो र कटानle विनास हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनावाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको...