१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी– प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी घोषणा

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी– प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । 

प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस रौतहट पार्टी सभापति कृष्ण यादव र प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिससक्नुभएको छ । 

निर्वाचन समितिले जनकपुरधामस्थित स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ संयोजन समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो । मतदान बुधबार बिहानबाट हुने जनाएको छ ।  प्रदेश अधिवेशनको उद्घाटन भए पनि जिल्ला जिल्लामा प्रतिनिधि छनोट हुन नसकेको जनाउँदै महाधिवेशन पछि मात्रै प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेको छ ।  

प्रदेशका आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी एक हजार ९२० मतदाता रहेको जनाएको छ । यसमा केही केन्द्रीय सदस्य थप हुन सकिने बताइएको छ । हिमालय टाइम्स

Related News

बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
बालेनको ध्यान पुरातात्विक धरोहरको संरक्षण देखि परम्परा जोगाउनेसम्म
  • ६ पुष २०७८, मंगलवार

बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले...

गठबन्धनको बैठकमा के छलफल भयो
गठबन्धनको बैठकमा के छलफल भयो
  • ६ पुष २०७८, मंगलवार

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय...

एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध
एमालेद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध
  • ६ पुष २०७८, मंगलवार

नेपालमा वन, जंगल बढेपनि डढेलो र कटानle विनास हुने गरेको भन्दै चिन्ता व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनावाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको...

TOP