१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

इलाममा प्याराग्लाइडिङका लागि पहल

इलाममा प्याराग्लाइडिङका लागि पहल

पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आउनुभएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी रहनुभएकी राईको पहलमा इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट यसको परीक्षण उडान गरिएको छ । प्याराग्लाइडिङको सम्भाव्यताबारे जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीसँग उहाँले छलफलसमेत गर्नुभएको छ ।

आठदेखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छ । यो मौसमी वातावरण इलाममा रहेकाले समेत प्याराग्लाइडिङको कम्पनी खोलेर सञ्चालन गर्न सकिने व्यवसायी राईले बताउनुभयो । सम्भावना अध्ययनका लागि राईसँगै प्याराग्लाइडिङ पाइलट विवेकशम्शेर राणा र विनोद लावतीसमेत आउनुभएको थियो ।

इलाममा ऐतिहासिक पुरातात्विक महत्व बोकेका र रमणीय स्थान प्रशस्त छन् । सम्भावना अध्ययनपछि पहल गरेर इलाममा प्याग्लाइडिङ कम्पनी खोल्ने र स्थानीय क्षेत्रमा नै प्याराग्लाइडिङ पाइलट उत्पादनमा जोड दिने सम्बन्धित निकायले जोड दिएका छन् ।
इलामका लागि प्याराग्लाइडिङ नयाँ कुरा भए पनि सम्भावना देख्दा सबैसँग सहकार्य गरी अघि बढ्न आफूहरू तयार रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।
जिम्मेवारी दिए आफूहरु नेतृत्व गरेर अघि बढ्न सक्नेमा जोड दिंदै उहाँले प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल गर्नेसमेत उहाँले जोड दिनुभयोे ।रासस

Related News

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
  • ६ जेष्ठ २०७५, आईतवार

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो...

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
  • ६ जेष्ठ २०७५, आईतवार

कास्की – पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको...

बुधबारदेखि अस्ट्रेलियाको सीमा खुल्ने
बुधबारदेखि अस्ट्रेलियाको सीमा खुल्ने
  • ६ जेष्ठ २०७५, आईतवार

अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने...

TOP