२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुने

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुने

पर्यटन प्रवद्र्धनका लागी नेपाल क्यानोनिङ एसोसियसनले यही जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको हो ।

महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ। तालिम जेठ २० गतेदेखी सुरु हुने आयोजकले जानकारी दिएको छ। प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको यस एसोसियसनले यस वर्ष धादिङको थाँक्रेमा महोत्सव आयोजना गर्न लागेको हो।

यसअघि सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गरिएको थियो।

वार्षिक कार्यक्रम अनुुसार यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि्रय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागीता रहनेछ। पाँचसयभन्दा बढी व्यक्ति महोत्सवमा सहभागी हुने दाबी संस्थाको छ। एसोसियसनले सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो।

धादिङको पृथ्वीराजमार्ग संग जोडिएका विभिन्न छहरा र झरनामा स्थानीय रिसोर्ट व्यवसायीहरुले पनि आन्तरिक र विदेशी पर्यटकलाई मनोरन्जनका लागी क्यानोनिङ्गको प्रतियोगिता गर्दै आइरहेको जोगीमारास्थित रोयलबीच क्याम्पका संचालक विष्णुहरि सिलवालले बताए।

Related News

यसवर्ष ढोरपाटनमा चुके सिकारी
यसवर्ष ढोरपाटनमा चुके सिकारी
  • ४ जेष्ठ २०७५, शुक्रबार

ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार...

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • ४ जेष्ठ २०७५, शुक्रबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • ४ जेष्ठ २०७५, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

TOP