१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् ।

पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् ।

मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । पोखरामा हुने गरेको प्याराग्लाइडिङको विकल्पका रुपमा धरान रहेको प्याराग्लाइडर मणिकुमार जिमीको भनाइ छ ।

धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पाइलटलाई उपयुक्त रहेको छ । धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताउनुभयो ।

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको छ । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक छ ।

रासस

Related News

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • १० फाल्गुन २०७४, बिहीबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • १० फाल्गुन २०७४, बिहीबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

रसुवागढी नाकामा यार्ड विस्तारका लागि प्रक्रिया सुरु
रसुवागढी नाकामा यार्ड विस्तारका लागि प्रक्रिया सुरु
  • १० फाल्गुन २०७४, बिहीबार

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारका लागि प्रक्रिया सुरु गरिएको छ । कोरोना महामारी सुरुपछि नाकामा निर्माण गरिएको अस्थायी...

TOP