सरकारले हुलाकी राजमार्ग वरिपरि दश नयाँ सहरको विकास गर्ने योजनालाई अगाडि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाले हुलाकी राजमार्ग वरिपरि नयाँ सहर विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको जानकारी सो आयोजनाका निर्देशक पराग कायस्थले दिए ।
सरकारले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसको जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दस सहरको विकास गर्न लागेको हो ।
उनका अनुसार छ वटा परामर्शदाताका लागि आवेदन आह्वान गरिएकोमा ४९ वटा आवेदन परेको र आर्थिक र प्राविधिक आधारमा सो आवेदनहरुको छनोट प्रक्रिया भइरहेको छ । पुस १४ गतेसम्म परामर्शदाता छनोट भई फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण सुरु हुने जानकारी उनले जानकारी दिए । मङ्सिर २ गते परामर्शदाताका लागि आवेदन आह्वान गरिएको थियो ।
छनोट भएका परामर्शदाताले छ महिनाभित्र एकीकृत विकास योजनाको तर्जुमा गरी प्रतिवेदन बुझाउने छन् र सो प्रतिवेदन मन्त्रालयबाट स्वीकृत गराएर नयाँ सहर विकास कार्यलाई अगाडि बढाइने जानकारी उनले जानकारी दिए । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको खबर गोरखापत्रमा छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...