१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

देउवाले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ लिन्नौंः ओली

देउवाले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ लिन्नौंः ओली

१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । नभए सपथ लिए उनको चेतावनी छ ।
शनिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उनले भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’
वाम गठबन्धनले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे, ‘जो पाए त्यहीबाट सपथग्रहण गर्छ कि जनमतले भन्छ ? जनमतले जे भन्छ, त्यही गर्छौं ।’
चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै उनले भने, ‘खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्तालिप्सा हो ।’
उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उनको आरोप छ ।
‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’
एमाले अध्यक्ष ओलीले सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनु नपर्ने दाबी गरे । उनले भने, ‘कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित प्रयोग शोभनीय हुँदैन ।’

Related News

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • १ पुष २०७४, शनिबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
  • १ पुष २०७४, शनिबार

नेपालको न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतमा...

विकासका लागि विशेष कानूनको आवश्यकता  : अर्थमन्त्री शर्मा
विकासका लागि विशेष कानूनको आवश्यकता : अर्थमन्त्री शर्मा
  • १ पुष २०७४, शनिबार

। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार...

TOP