१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

किन छोडे प्रचण्डले लाजिम्पाट ? यस्तो रहेछ कारण

किन छोडे प्रचण्डले लाजिम्पाट ? यस्तो रहेछ कारण

माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् ।

पार्टीका जिल्ला नेताहरुले खोजेको नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ ।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए । दिउँसो माइतीघरमा केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा पुगेका थिए । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।

लाजिम्पाटस्थित निवास
नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो ।

भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरे ।

यसवीचमा बाबुराम सानेपा सरेर हाल विशालनगरमा डेरा गरी बस्न थालेका छन् । उता माओवादी नेता नारायणकाजी श्रेष्ठको डेरा पनि ललितपुरमै छ ।

माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ । अब एमालेमा एकता गर्न लागेपछि भने सम्भवतः त्यो नीति व्यवहारिकरुपमा कायम नरहन सक्छ । किनभने, एमालेका प्रायः सबै शीर्षनेताहरुको राजधानीमा आआफ्नै घर छ ।

source: onlinekhabar

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २९ मंसिर २०७४, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २९ मंसिर २०७४, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २९ मंसिर २०७४, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP