धुर्मुस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजना अन्र्तगत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्ने संकल्पका साथ अगाडी बढाएको परियोजनाको आजबाट बिधिवत रुपमा प्रारम्भिक चरण अन्र्तगतको सर्बेको काम सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्नेगरी एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आर.आर.पि. सर्बे कन्सल्टस् प्रा.लि.का प्रभास श्रेष्ठ ज्यूको समन्वयमा आजबाट सर्बेको काम सुरु भएको छ । नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पत्राचार गरेबमोजिम ट्रोपोग्राफिकल सर्बे, डि.पि.आर. र ई.आई.ए.को काम सुरु गर्न लागिएको हो ।
नेपाललाई अन्र्तराष्ट्रिय जगतमा पहिचान दिलाउने, नेपालको भाषा संस्कृती रितिरिवाज भेषभुषा मौलिकताको संरक्षण गर्ने, एक सुन्दर पर्यटकिय गन्तब्य एवं हामी सम्पुर्ण जातजातिको साझा फुलबारी, बिश्वको एउटा अध्ययन केन्द्र तथा हिमाल पहाड तराई जोड्ने राष्ट्रिय सद्भावको यस परियोजनामा खुलेर साथ र सहयोग गर्ने नेपाल सरकार, स्थानिय निकाय, बिशेष गरि गोदावरी नगरपालिका, गोदावरी नगरपालिका वडा नं. ५ वडा समिति परिवार, श्री सत्य सामुदायिक बन उपभोक्ता समुह लेले, श्री लालिगुराँस सामुदायिक बन उपभोक्ता समुह लेले, ज्ञान कुण्ड युवा क्लब लेले, महादेव स्टार सामुदायिक युवा क्लब लेले, मनकामना युवा क्लब लेले, ललितपुर जिल्ला स्थित सम्पुर्ण राजनितिक दलहरु, सम्पुर्ण ललितपुर बासी दाजुभाई तथा दिदीबहिनीहरु, स्थानिय बुद्धिजिवी, समाजसेवी एवं समस्त लेले बासी दाजुभाई तथा दिदीबहिनीहरुमा धन्यवाद र आभार ब्यक्त गर्दछौं । र बिशेष गरि हाम्रा हरेक परियोजनामा खुलेर साथ र सहयोग गर्नुहुने स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण सहयोगी मनहरुप्रति हृदयदेखीनै कृतज्ञता ब्यक्त गर्दछौं र सबैमा नमन गर्न चाहान्छौं ।
सहयोगी मनहरुकै कारणले हाम्रा हरेक परियोजना सफल बनेका हुन् र नमुना नेपाल पनि सफल हुने कुरामा हामी बिश्वस्त छौं । र सबैलाई यस परियोजना निर्माणको अभियान्ता बनिदिनुहुन अनुरोध गर्दछौं । किनभने यो परियोजना नेपाली बिज्ञहरुबाटै बन्ने परियोजना भएकाले यो संग सम्बन्धित बिज्ञता हाँसिल गर्नुभएका सम्पुर्ण बिषय बिज्ञहरुलाई यो अभियानमा जोडिनुहुन पनि अपिल गर्दछौं । साथै यो परियोजनालाई सफल बनाउन सुरुवात देखीनै महत्वपुर्ण भुमिका खेल्नुहुने सम्पुर्ण सञ्चार माध्यम एवं संञ्चारकर्मी ज्यूहरुलाई पनि बिशेष धन्यवाद ब्यक्त गर्न चाहान्छौं । अन्त्यमा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा पुन एक पटक नमुना नेपाल निर्माण अभियानलाई सफल बनाउन खुलेर साथ र सहयोग गरिदिनुहुन बिनम्रता पुर्वक अपिल गर्दछौं ।
‘यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
धुर्मुस सुन्तली फाउण्डेशन
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...