लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो ।
व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी-जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।
आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...