झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, एमालेका अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न नपाएका हुन् ।
यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि काँग्रेस नेता सिटौलाले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन्।
वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार बनेका कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
एमाले अध्यक्ष ओली झापा—५, काँग्रेस नेता सिटौला झापा—३ र माओवादी केन्द्रका नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।
रासस
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...